मुक्तिनाथ विकास बैंकद्वारा ऋण मिनाहा

67







बर्दघाट, १९ पुस ।
आफ्नो सेवाग्राहीको मृत्यु भए पछि मुक्तिनाथ विकास बैंक गोपीगञ्ज शाखाले कर्जा मिनाहा गरिदिएको छ ।
बैंकको साना तथा लघु बैंकिङ्ग कार्यक्रम अन्तर्गत कर्जा लिएकी सेवाग्राही बुधनी अहिरको १ लाख ५० हजार बराबरको कर्जा मिनाहा गरेको हो ।
बैकले आफ्नो सेवाग्राहीको अल्पायुमा निधन भएपछि परिवारलाई काजक्रियाको लागि सहयोग पु¥याउने उद्देश्यले नगद ५ हजार समेत प्रदान गर्दै ऋण मिनाहा गरेको बैंकका साना तथा लघु बैंकिङ्ग डेक्स प्रमुख प्रशु नारायण माझीले जानकारी दिए ।
प्रमुख माझीले उनले विना धितो कर्जा कारोवार गरेकी सेवाग्राही अहिरको ४५ वर्षमा निधन भएकोले उनले कर्जा वापत किस्तामा बुझाएको ८० हजार चार सय २२ रुपैया उनको श्रीमान चुल्हाई यादवलाई फिर्ता गरिदिएको बताए ।
उनले पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजु प्रसाद गुप्ता (दिपक), बुटवल रिजनल अन्र्तगतको लघुवित्त प्रमुख लभ सुदन शिहंज्यु र शाखा प्रमुख दिपक अधिकारीको सहभागितामा परिवारलाई सहयोग प्रदान गरेको हुन् ।



You might also like
Loading...