साना किसानमा गाभियो लालुपाते सहकारी





नवलपरासी, १७ पुस । पूर्वी नवलपरासीको दुई सहकारी संस्था एक आपसमा गाभिएका छन् । कावासोती नगरपालिका १४ मा रहेको साना किसान कृषि सहकारी संस्था र हुप्सेकोटमा रहेको लालुपाते वचत तथा ऋण सहकारी संस्था एक आपसमा गाभिएका हुन् । साना किसान सहकारीको विहिबार भएको २२ औं साधारण सभामा दुई सहकारी एक आपसमा मर्ज भएको घोषणा गरिएको हो । एक करोड ८८ लाख ४८ हजार ८ सय शेयर पूँजी रहेको साना किसान सहकारीले दुध डेरी सञ्चालन गर्दै आएको छ भने कृषि क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।




सम्बन्धित
Loading...