वाइडबडी विमान घाेटला काण्डका मुख्य अभियुक्तमाथि कालाेमाेसाे

81







काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)को युवा संगठन क्रान्तिकारी युवा लिग, नेपालले भ्रष्टाचाहरुमाथि कारबाही थालेको छ ।
लिगले नेपाल एअरलाइन्सका महाप्रबन्धक तथा भ्रष्टचारीको रुपमा बद्नाम सुगतरत्न कंसकारलाई कार्यकक्षभित्रै करिब ४ बजे दिउँसो कालोमसो दलेको लिगले जनाएको छ ।
भ्रष्टाचार र अनियमितताको चर्चित नेपाल एयरलाइन्सको वाइडबडी खरिदमा गरिएको ४ अर्ब ३५ करोड भ्रष्टाचारमा मुख्य भूमिका निभाएका भनिएका कंसकारलाई क्रान्तिकारी युवा लिगले कारबाही स्वरूप कालाेमाेसाे दलेका हुन्।
लिगले अन्य भ्रष्टाचारीहरु पनि कारबाहीको लिस्टमा रहेको जनाएको छ ।
संसदको सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले विमान खरिदमा भ्रष्टाचार भएको ठहर गर्दै पर्यटनमन्त्री रविन्द्र अधिकारीसहितलाई कारबाही सिफारिस गरेपछि सरकारले आयोग गठन गरेकाे छ।
वाइडबडी विमान खरिदमा ठूलो रकम अनियमितता भएको विषय बाहिर आएपछि त्यसबारे छानविन गर्न सरकारले उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेका छ ।



You might also like
Loading...