गण्डक क्षेत्रमा फेरि गुणस्तरहिन काम

162












श्याम थापा,
नवलपरासी (सुस्ता) २२ पुष ।


गण्डकमा भारतीय कर्मचारीहरुद्वारा गुणस्तरहीन काम गरिरहेको छ ।
पश्चिम नवलपरासी सुस्ता गाउँपालिका वार्ड न ४ स्थित नारायणी नदिको ठोक्कर न ६ मा भैरहेको तटबन्ध निर्माण कार्यमा भारतीय गण्डक कर्मचारीहरुको मिलोमतोमा गुणस्तरहीन भैरहेको स्थानीयबासीहरुले गुनासो गरेको छ ।
ठोक्कर न ६ भत्किएको हुदा उक्त ठाउँमा तटबन्धका लागि ज्यालीको फन्दा हाती छिर्ने बराबरको प्वाल बनाई कार्य गरिरहेको छ ।


ज्यालीको साइजको कुरा गर्नी हो भनी सो ज्यालीमा ५ केजी देखि ८ केजीको ढुङ्गा अट्ने बराबरको साइजको मात्र रहनु पर्नेमा ज्यालीमा काम गरेको स्थानमा गैइ अहिले हेर्ने हो भनी हात्ती छिर्ने बराबरको फन्दाको साइज रहेको छ ।
सो कार्य झारो टार्ने मात्र काम भैरहेको स्थानीय रमेश हरिजनले बताए ।


गुणस्तरहीन भैरहेको तटबन्ध कार्य भारतीय गण्डक कर्मचारी जुनियर इन्जिनियर असरफ अलि र ठेक्दारको मिलोमतो भैरहेको स्थानीयको आरोप रहेको छ ।
नेपाली प्रशासनलाई यस विषयमा जानकारी गराउँदा पनि मौन रहेको उनीहरुले बताएका छन् ।



You might also like
Loading...