महिला उत्थान बुटिक तालिम सुरु


श्याम थापा
नवलपरासी २३ पुष
पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका वार्ड न ७ मा महिला उत्थान बुटिक १० दिने तालिम सोमबारबाट सुरु भएको छ ।
गाउँ महिला अधिकार मञ्च विनयी त्रिवेणी गाउँपालिका वार्ड न ७ को आयोजनामा र विनयी त्रिवेणी गाउँपालिका वार्ड न ७ को आर्थिक सहयोगमा भएको महिला उत्थान बुटिक १० दिने तालिममा १५ जना महिलाहरुको सहभागिता रहेकोे छ ।
तालिमको उद्घाटन महिला अधिकार मञ्च विनयी त्रिवेणी गाउँपालिका वार्ड न ७ का अध्यक्ष रेखा भुजेलको अध्यक्षयतामा भएको थियो ।
उद्घाटन कार्यक्रममा विनयी त्रिवेणी गाउँपालिका वार्ड न ६ का वडा अध्यक्ष पृतम बहादुर गुरुङ्ग, विनयी त्रिवेणी गाउँपालिका वार्ड न ७ का वडा अध्यक्ष गोपालबहादुर क्षेत्री लगायतले शुभकामना दिएका थिए । तालिममा रानी थापाले तालिम दिने छिन् ।







सम्बन्धित
Loading...