फागुनमा स्ववियु चुनाव
काठमाडौं, २४ पुस । त्रिभुवन विश्वविद्यालयले फागुनमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव गर्ने भएको छ।
त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले ६१ आंगिक र सम्बन्धनप्राप्त क्याम्पसहरूलाई परिपत्र गर्दै स्ववियु तयारी सुरू गर्न भनेको छ।
२०७३ फागुन १८ मा भएको स्ववियु चुनावबाट चुनिएकाहरूको दुई वर्षे कार्यकाल सकिन लागेकोले स्ववियु चुनावको पूर्व तयारी थाल्न क्याम्पसहरूलाई आग्रह गरेको त्रिविले जनाएको छ।
अघिल्लो पटक चुनाव हुन नसकेका क्याम्पसमा पनि यसवर्ष चुनाव गर्ने तयारी रहेको त्रिविले जनाएको छ ।
विद्यार्थी संघसंगठनहरूले त्रिविको परिपत्रलाई स्वागत गर्दै फागुन १४ गते स्ववियु चुनावको मिति तोक्न माग गरेका छन्। तर त्रिविले चुनावको मिति पछि तय गर्ने भएको छ। २८ वर्ष उमेर पुगेका विद्यार्थी भने विद्यार्थी स्ववियु चुनावमा उम्मेद्वार हुन नपाउने भएका छन् ।