नवलपुरको मध्यबिन्दुमा होमस्टे पर्यटन सम्भाब्यता अध्ययन सम्बन्धी अन्तरक्रिया

89












बिजय चालिसे ।

पुस, २४, कावासोती ।


नवलपुरको मध्यबिन्दुमा होमस्टे घरबास सन्चालनको सम्भाब्यता अध्ययन गरिएको छ । सम्भाब्यता अध्ययन गर्न सस्कृती पर्यटन तथा नागरिक उड्डययन मन्त्रालय अन्तरगतको तारा गाउँ बिकास समितिबाट आएको टोलिले घरबास पर्यटन सम्भाब्यता अध्ययनका बिषयमा सरोकारवालाहरुसङ्ग अन्तर्कृयासमेत गरेको छ । मध्यबिन्दु नगरपालिका २ नन्दपुर थारु गाउँमा भएको अन्तरक्रियामा सरोकारवालाहरुले मध्यबिन्दु नगरपालिकाका अधिकान्स क्षेत्रमा पर्यटकिय सम्भावना रहेको भन्दै घरबास कार्यक्रम संचालन गर्न सकिने बताएका थिए । उनिहरुले यश क्षेत्र प्राकृतिक र सास्कृतिक रुपमा भरिपुर्ण रहेको भन्दै केही समस्या समाधान गर्न सके नवलपुरलाई पर्यटकिय हब बनाउन सकिने धारणा व्यक्त गरे । पुर्बमा धार्मिक पर्यटकिय क्षेत्र मौलाकालिका मन्दिर र पश्चिममा दाउन्ने देबि मन्दिरका साथै देबचुली, बरचुली, अरविन्द आश्रम, धौबादीलगायतका पर्यटकिय क्षेत्रको प्रबर्द्धन गर्न सके नवलपुरलाई देशकै प्रमुख पर्यटकिय गन्तव्यका रुपमा बिकास गर्न सकिने उनिहरुको भनाई थियो । सहभागिहरुले बर्सेनि हुने नारायणी नदिको कटान र बन्यजन्तुबाट हुने क्षेति यश क्षेत्रको प्रमुख समस्या रहेको बताएका थिए । कार्यक्रममा पर्यटन बिज्ञ डाक्टर आलोक प्रसाईं, सामाजिक तथा अर्थ बिज्ञ शिव कुमार कार्की, तारा गाउँ बिकास समितीका प्रतिनिधि रश्मि श्रेष्ठ, मध्यबिन्दु नगरपालिका प्रमुख चन्द्र बहादुर राना, उपप्रमुख ओम कुमारी महत्तो, नन्दभाउजु मध्यबर्ती उपभोक्ता समुहका अध्यक्ष दोमन भण्डारी, चितवन रास्ट्रीय निकुञ्ज पश्चिम सेक्टरका सहायक वार्डेन बिनय कुमार मिश्र, बटुक दल गण अमलटारी गुल्मका क्याप्टेन शिबराम खड्कालगायत सरोकारवालाहरुको सहभागिता रहेको थियो । अन्तरक्रिया कार्यक्रमपछि टोलिले मध्यबर्ती क्षेत्रको स्थलगत अबलोकन समेत गरेको थियो । नवलपुरमा अमलटारी, पिप्रहरलगायतका थुप्रै होमस्टेहरु संचालनमा छन् ।



You might also like
Loading...