राशिफल २०७५ साल पुस २५ गते




मेष
आफ्नो क्षेत्रमा अरूले प्रभाव जमाउलान्। परिस्थितिवश आफन्तबाट टाढिनुपर्ने हुन सक्छ।



वृष
काम गर्दै नाम, दाम र इनाम प्राप्त गर्ने समय छ। काममा प्रतिष्ठित व्यक्तिहरूको सहयोग जुट्नेछ।
मिथुन
शुभचिन्तक र प्रतिस्पर्धीलाई समेटेर काम लिनुपर्ने समय छ। योजना पूर्ण नभए पनि आंशिक लाभ अवश्य हुनेछ।
कर्कट
सम्भावना देखिए पनि उपलब्धि प्राप्त गर्न समय लाग्नेछ। समस्या दर्साउँदा सहयोगीहरूबाट साथ पाइनेछ।
सिंह
परिस्थिति विचार गरेर मात्र नयाँ काम थालनी गर्नुपर्ला। अरूका विषयमा चासो लिँदा आफ्नो काम बिग्रन सक्छ।
कन्या
जीवनशैली व्यस्त रहे पनि काम बिग्रने डरले सताउनेछ। दौडधुपले कमजोरी अनुभूति हुन सक्छ।
तुला

अर्थ अभावले पनि मन पिरोलिन सक्छ। महत्त्वाकांक्षी योजनाले आकस्मिक यात्रा गराउन सक्छ।
वृश्चिक
व्यावसायिक काममा आम्दानी बढ्नेछ। मिहिनेतले छोटो समयमा फाइदा दिलाउनेछ।
धनु
सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। अतिथिका रूपमा सेवा सत्कार प्राप्त हुनेछ।
मकर
आम्दानी राम्रो भए पनि नजानिँदो रूपमा खर्च हुनेछ। ईर्ष्या गर्नेहरूलाई तह लगाउन सकिनेछ।
कुम्भ
सहयोगीहरूले हात झिक्नाले केही समस्या भने बढ्न सक्छ। सहयोगको आशा देखाउनेहरूबाट धोका हुन सक्छ।
मीन
व्यवसायमा लगानी बढाउनुपर्ने परिस्थिति आउन सक्छ। जटिल कामले लोभ्याउनेछ तर खर्च पनि उत्तिकै लाग्न सक्छ।


सम्बन्धित
Loading...