प्रधानमन्त्रीसँग प्रश्न सोध्न नपाए कांग्रेसले संसद अवरुद्ध गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रश्न सोध्न नपाए नेपाली कांग्रेसका सांसदहरूले संसद अवरुद्ध गर्ने भएका छन् ।
कार्यव्यवस्थाको बैठक मध्यान्ह १२ बजेलाई बोलाइएको छ ।
कांग्रेस सांसद भीमसेनदास प्रधानले आजको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग प्रश्न गर्न पाउनु पर्ने बताए ।
उनले कार्यव्यवस्था परामर्श समितिको बैठकले प्रधानमन्त्रीसँग प्रश्न सोध्ने र जवाफ दिने कार्यसूची तय गरेन भने बैठक अवरुद्ध पार्ने बताए।