उपहार आमा समूहको चौथो साधारण सभा


रामु भुसाल
बर्दघाट, २५ पुस ।
उपहार नगर आमा समूह बर्दघाट ४ बाढीपीडित पश्चिम नवलपरासीको चौथो बार्षिक साधारण सभा बुधबार भएको छ । समूहकी अध्यक्ष विष्नु कुमारी कार्कीको अध्यक्षता भएको साधारण सभाको बर्दघाट नगरपालिकाकी नगर उपप्रमख मायादेवी पौडेलले उद्घाटन गरेकी थिइन् ।
कार्यक्रममा बर्दघाट नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष एवं नगर प्रवक्ता रविन्द्र विक्रम हमाल, समाजसेवी ओम बहादुर कार्की, प्रगतिशिल आमा समूहकी अध्यक्ष सीता कामु, सूर्यगंगा सहकारीका अध्यक्ष जनक रावल, धौलागिरी टोल विकास सस्थाका अध्यक्ष मोहन सापकोटा, नवदुर्गा टोल विकास सस्थाका अध्यक्ष दुर्गा कुवंर, लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
साधारण सभामा अध्यक्ष कार्कीले अध्यक्षको बार्षिक प्रगति तथा भावी कार्य योजना सहितको प्रतिवेदन, कोषाध्यक्ष मेनुका भुषालले लेखा परीक्षण तथा कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा समूहलाई विशेष योगदान गर्ने सदस्यहरु हरिकला भुषाल र मुन्नी देवी सुनारलाई प्रशंसापत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।







सम्बन्धित
Loading...