राशिफल २०७५ पुस २६ गते




मेष
आफ्नो क्षेत्रमा नाम र दाम कमाउने समय छ। शुभचिन्तकहरूको सहयोग जुट्नाले मनग्य फाइदा हुनेछ।



वृष
बोल्नुभन्दा बुद्धिको उपयोगले काम लिने चेष्टा गर्नुहोला।चिताएको काम सम्पादन हुनेछ।
मिथुन
मेहनतले लक्ष्यमा पुर्याउनेछ। दैनिकीमा परिवर्तन आउनेछ।
कर्कट
व्यापारमा मनग्य लाभ हुनेछ। कामले नाम र दाम दिलाउनेछ।
सिंह
स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। समुदायको हितमा काम गर्न सकिनेछ।
कन्या
अप्ठ्यारा परिस्थिति सुल्झाएर पनि फाइदा उठाउन सकिनेछ। घुमफिर तथा मनोरञ्जनको समय छ।

तुला
अतिथिका रूपमा सत्कार पाइनेछ। आफन्तसँग सुमधुर सम्बन्धका लागि व्यवहारमा ध्यान पुर्याउनुहोला।
वृश्चिक
राशिमा साढेशाति भएकाले चिताएको काम रोकिन सक्छ तर फजुल खर्च गराए पनि प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ।
धनु
भौतिक साधन जुट्नाले दिगो काम सुरु गर्न सकिनेछ। अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ।
मकर
रमाइलो जमघटमा सहभागी भइनेछ। प्रियजनसँग भेटघाट हुनेछ भने अतिथिका रूपमा सम्मान प्राप्त हुनेछ।
कुम्भ
तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। बौद्धिक अभिव्यक्तिको प्रभाव बढ्नेछ।
मीन
आम्दानीका स्रोत बढ्नेछन्। व्यापारलगायत आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ।


सम्बन्धित
Loading...