कहाँ कहाँ कसरी कसरी मनाए पृथ्वी जयन्ती ?





पृथ्वीजयन्तीको अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानदेखि सिंहदरबारको पश्चिम गेटमा रहेको पृथ्वीनारायण शाहको शालिकसम्म पदयात्रा र र्‍याली निकालेको छ। पृथ्वीनारायणको शालिक अगाडि राष्ट्रपति विद्या भण्डारीलाई एउटा रातो टालोमा उभिन लगाएर नेपाली सेनाले सलामी अर्पण गरेको थियो।
राष्ट्रपति भण्डारीले सिंहदरबारको मूलगेट अगाडि रहेको राष्ट्र निर्माता पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरिन् ।
र्‍यालीमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटा, मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मी, नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति गांगा उप्रेतीलगायत सहभागी भएका थिए । समारोहमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा लगायतका नेताहरु पनि सहभागी भएका थिए।
समारोहमा पृथ्वीनारायण शाहलाई राष्ट्रिय एकताको प्रतिकको रुपमा स्मरण गर्दै राष्ट्रिय झण्डा फहराइएको थियो भने राष्ट्रिय गान र राष्ट्रिय धुन बजाइएको थियो ।

नेपालगञ्ज उपमहानगरमा विदा, नेकपाको विरोध

 




राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्मदिनलाई केन्द्र सरकारले बेवास्ता गरेका बेला नेपालगञ्ज उपमहानरपालिकाले भने सार्वजनिक विदा दिएको छ ।

बिहिबार बसेको नगरपालिकाको बोर्ड वैठकले बहुमतका आधारमा विदा दिने निर्णय गरेको हो ।  वैठक नेपालगञ्जका मेयर डा. धवलशम्शेर राणा आफैंले सार्वजनिक विदा दिने प्रस्ताव टेबुल गरेका थिए । कांग्रेस र फोरमबाट चुनिएका जनप्रतिनिधिले सहमति जनाए तर, नेकपाबाट प्रतिनिधत्व गर्नेहरुले विरोध गरेका थिए।

राष्ट्रपतिको सहभागिताप्रति कमल थापाद्वारा खुसी व्यक्त

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पृथ्वी जयन्तीमा राष्ट्रपति विद्या भण्डारीले पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेकोमा खुशी व्यक्त गरेका छन् ।

पृथ्वी जयन्तीलाई राष्ट्रिय पर्वको रुपमा मनाउनुपर्ने र सार्वजनिक विदा दिनुपर्ने माग गर्दै आएका थापाले राष्ट्रपति भण्डारीले सिंहदरबार अगाडिको पृथ्वी शालिकमा आफै उपस्थित भएर माल्यार्पण गरेकोमा खुशी र सन्तोष लागेको बताएका हुन् ।

गोरखाबासीले पनि मनाए

 

९७ औ पृथ्वी जयन्ती अर्थात राष्ट्रिय एकता दिवस शुक्रवार गोरखामा धुमधामले मनाइएको छ । गणतन्त्र पश्चात एकता दिवस मनाउनेहरु कमै हुने गरे पनि यस पटक भने सहभागीहरु धेरै थिए ।

जिल्लाका नागरिक समाजको अगुवाइमा भएको कार्यक्रमका सहभागीहरुले नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको योगदानको कदर गरेका थिए । गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले गोरखा संग्रहलयमा रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेर कार्यक्रमको उद्घाटन गरे ।

कावासोतीमा बाजागाजा सहित -याली

राप्रपाले कावासोतीमा बाजागाजा सहित र्याली निकालेर पृथ्वी जयन्ती मनाएका छन्।
कावासोतीको थाना चोकबाट शुरु भएको र्यलाी सभापति चोक हुँदै नगर परिक्रमा गरी कोण सभामा परिणत भएको थियो।
कोण सभामा केन्द्रिय सदस्य छत्रराज बगाले, जिल्ला अध्यक्ष दलबहादुर केसी र जिल्ला सदस्य लोकनाथ प्रधानले बोलेका थिए।

गोरखा राज्यका राजा पृथ्वीनारायण शाहले नेपालको एकीकरण गरेकाले उनको सम्मानमा जन्मजयन्तीको अवसर पारेर पुस २७ गते राष्ट्रिय एकता दिवस मनाउने गरिएको हो ।

वीरगञ्जमा पनि मनाइयो

वीरगञ्जमा पनि शुक्रबार पृथ्वी जयन्ती मनाइएको छ । २९६ औं पृथ्वी जयन्तीको अवसरमा राजसंस्थाको वकालत गर्र्दै आएका संघ संस्थाको अगुवाइमा कार्यक्रम गरिएको हो ।

राष्ट्रिय नागरिक संघर्ष समिति, नेपाल राष्ट्रवाद संघ, शिव सेना नेपाल, लगायतका संघ संस्थाहरुले छुट्टाछुट्टै कार्यक्रम गरेका थिए ।




सम्बन्धित
Loading...