भुमहीको रामनर एकेडमीलाई कृषि कलेजको सम्बन्धन प्राप्त

233







नवलपरासी, १ माघ।

नवलपरासी सुनवल स्थित रामनगर टेक्निकल एण्ड मेनेस्मेन्ट कलेजलाई कृषि तथा बन विज्ञान विश्वविद्यालयले कृषि संकाय संचालनका लागि सम्बन्धन दिएको छ ।
सुनवल १२ भुमही स्थित रामनगर टेक्निकल एण्ड मेनेजमेन्ट कलेजलाई कृषि कक्षा संचालनका लागि कृषि तथा बन विज्ञान विश्वविद्यालयले सम्बन्धन दिएको रामनगर टेक्निकल एण्ड मेनेजमेन्ट कलेजका अध्यक्ष पे्रम न्यौपानेले बताए ।


५० जना विद्यार्थीहरुलाई पढाउन पाउने गरि कृषि तथा बन विज्ञान विश्वविद्यालय रामपुरले सम्बन्घन दिए पछि यस क्षेत्रमा कृषि पढन चाहने विद्यार्थीहरुलाई उत्साहित बनाएको यसै क्याम्पसका पुर्व प्रध्यापक डा. शिवशंकर बस्यालले बताए ।

२०६३ सालमा रामनगर एुकेशनल फाउन्डेसन एण्ड रिसर्च प्रा.लि.को रुपमा दर्ता भई अन्य शैक्षिक कार्यक्रमहरु संचालन गर्दै आएको यस रामनगर टेक्निकल एण्ड मेनेस्मेन्ट कलेजले यसै आर्थिक वर्ष देखी कृषि विज्ञानका विद्यार्थीहरु भर्ना प्रकृया शुरु गर्ने गरि तयारी गेको बताईएको छ ।

स्नातक स्तरको कृषि कक्षाहरुको संचालनका लागि कार्यालय भवन, कक्षा कोठा, प्रयोगशाला, पुस्तकालय, प्रयोगात्मक अभ्यास कक्ष (खेती योग्य जमिन), बालिविज्ञान सम्बन्धित फिल्ड लगाएतका तयारी क्याम्पसले पुरा गरि सकेको रामनगर टेक्निकल एण्ड मेनेजमेन्ट कलेजका अध्यक्ष न्यौपानेले जानकारी दिए ।
कृषि तथा बनविज्ञान विश्वविद्यालयको शाखाका रुपमा रामनगर टेक्निकल एण्ड मेनेजमेन्ट कलेजका पांच नम्बर प्रदेशको नै पहिलो कलेज हुने बताईएको छ ।

यस कलेजमा पढनका लागि नेपाली विद्यार्थी सहित नजिकै रहेको भारतीय क्षेत्रबाट पनि कृषि विज्ञान पढनका लागि विदेशी विद्यार्थी आउने अपेक्षा गरिएको कलेजका प्रधानाचार्य जनक अधिकारीले बताए ।


You might also like
Loading...