निर्मला हत्या प्रकरण : घर परिवारबाटै अनुसन्धान गर्न माग


कञ्चनपुर । बलात्कारपछि हत्या गरिएको छ महिना सम्म पनि हत्यारा पत्ता नलागेपछि निर्मला हत्याकाण्डको दवावमुलक संघर्ष समितिका पदाधिकारी एव अधिकारकर्मीले निर्मलाकै घरपरिवार र आफन्तबाट अनुसन्धान गर्नुपर्ने माग अघि सारेका हुन् ।




बलात्कारपछि हत्याजस्ता जघन्य प्रकृतिका घटना नजिकका मान्छे र आफन्तबाटै हुने भएकाले निर्मलाको सबै क्षेत्रबाट अनुसन्धान गरेको प्रहरीले अब घरपरिवार र आफन्तबाटै अनुसन्धान गर्नुपर्नेमा जोडदिएका हुन् । प्रहरीले निर्मलाका आफन्तमा पनि अनुसन्धान जारी रहेको बताएका बेला नागरिक संघर्ष समितिका संयोजक एव अधिकारकर्मी हेलन श्रेष्ठले संका लागेका सबै क्षेत्रमा प्रहरीले अनुसन्धान गरेपनि केही उपलब्धी नपाएपछि अब प्रहरीले घरपरिवार, आफन्त र संस्कास्पद सबै व्यक्तिबाट अनुसन्धान शुरु गर्नुपर्नेमा बताईन् । दवामुलक संघर्ष समिति निर्मला मृत फेलापरेदेखि नियमित आन्दोलनमै होमिएको थियो।

दवावमुलक संघर्ष समितिले न्यायका नाममा डलरको खेती र अनावश्यक राजनीतिक गरेर कञ्चनपुरकै बदानाम हुने भएकाले सडक आन्दोलन रोकेर न्यायका लागि कुटनैतिक आन्दोलन जारी राखेको जनाएको छ ।




कञ्चनपुर प्रहरीले निर्मला हत्याकाण्ड छानबिनका लागि गम्भिरतापुर्वक लागिरहेको जनाएको छ । कञ्चनपुरका प्रहरी प्रमुख कुवेर सिह कडायतले निर्मला हत्याकाण्ड छानबिनका लागि प्रहरीले कुनैपनि कसर बाँकी नराखेको बताएका छन ।

उनले संकास्पद व्यक्तिलाई निगरानीमा राखेर डिएनए समेत परिक्षण गरिएको बताए । ‘अब हामी मासमै डिएनए परीक्षणका लागि आब्हान गछौँ, ‘प्रहरी उपरीक्षक कडायतले भने, ‘सबै विकल्पमा अनुसन्धान जारी राखेका छौँ ।’ कञ्चनपुरका प्रहरी प्रमुख कडायतले घरपरिवारले पनि अनुसन्धानमा नसघाएको बताउदै छिटो निष्कर्षमा पुग्नका लागि सघाउनुपर्नेमा जोडदिए ।




सम्बन्धित
Loading...