अरुणखोलाको नवप्रतिभा सहकारीको २१ औँ बार्षिक साधारण सभा

86












अरुणखोला । नवप्रतिभा बचत तथा ऋण सहकारी सँस्था मध्यबिन्दु नवलपुरको २१ औँ बार्षिक साधारण सभा भएको छ ।
आइतबार मध्यबिन्दु १०, अरुणखोलामा भएको साधारण सभा सँस्थाका अध्यक्ष चन्द्रमणि खरेलको अध्यक्षतामा भएको थियो ।
साधारण सभाको नेफ्स्कुन नेपालका अध्यक्ष डिबी बस्नेतले उद्घाटन गरेका थिए ।
कार्यक्रममा बिभिन्न सँघ सँस्थाका प्रतिनीधिहरुको पनि आतिथ्यता रहेको थियो । कार्यक्रममा सँस्थाका अध्यक्ष चन्द्रमणि खरेलले बार्षिक प्रगति प्रतिबेदन प्रस्तुत गरेका थिए ।
कोषाध्यक्ष कौशिला सापकोटाले आर्थिक बर्ष ७५ , ७६ कोे लागि एक अर्ब , छयालीस करोड रुपैयाँ बराबरको बजेट प्रस्ताव गरेका थिए ।
कार्यक्रममा ज्येष्ठ नागरिकहरु तथा उत्कृष्ट शेयर सदस्यहरुलाई सम्मान तथा पुरस्कृत समेत गरिएको थियोे ।



You might also like
Loading...