पुस्तक व्यवसायी महासंघको केन्द्रिय अध्यक्षमा पन्त
अर्जुन अविरल,
काठमाण्डौं, २९ पुस।

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघकाे पाँचाै महाधिवेशनबाट नवनिधि पन्त २५४ मत सहित अध्यक्षमा निर्वाचित हुनुभएकाे छ ।
अाज काठमाण्डाैंमा भएकाे चुनावमा निकटतम् प्रतिद्वन्द्वी प्रभात सुवेदीलाई ५५ मतले पछाडि पारेका हुन् । ईलेक्ट्राेनिक माध्यमबाट मतदान भएकाे हाे । अध्यक्ष , बरिष्ठ उपाध्यक्ष, सह काेषाध्यक्ष, सचिव, खुल्ला ७ सदस्य र प्रदेश नं. २ काे भूगाेल केन्द्रीय सदस्यमा निर्वाचन भएकाे हाे भने अरू पदमा सर्वसम्मत भएकाे थियाे ।
सर्वसम्मत पदमा उपाध्यक्षहरूमा ऋषिराम शर्मा, राजलाल गुप्ता राैनियार र कृण्णचन्द्र पाैडेल गरी ३ जना, महासचिवमा दिवाकार घिमिरे, काेषाध्यक्षमा किशाेरराज सापकाेटा, लेखा संयाेजक जगनाथ दाहाल, भूगाेल सदस्यहरूमा प्रदेश नं. १ बाट फणिन्द्र न्याैपाने शर्मा, प्रदेश नं. ३ बाट बासु भेटवाल, गण्डकी प्रदेशबाट रमेश पाैडेल, प्रदेश नं. ५ बाट हेमराज पाैडेल, प्रदेश नं. ६ बाट उदिराम डाँगी, कर्णाली प्रदेशबाट पर्शुराम सापकाेटा, एसाेसिएटबाट विण्णु पाैडेल, महिला सदस्यहरूमा कमला सुवेदी अर्याल र शकुन्तला देवि शर्मा हुनु भएकाे छ । निर्वाचन भएकाे मध्ये बरिष्ठ उपाध्यक्षमा मनहरी बस्याल २३१ मत सहित विजेता भएका छन् ।
उनकाे प्रतिद्वन्द्वी मातृका शिवाकाेटीले २२२ मत प्राप्त गरे । त्यसैगरी उपमहासचिवमा रामदेव पाण्डे ३३१ मत , देवकृण्ण काफ्ले १२२ मत, सहकाेषाध्यक्षमा किरणबाबु न्याैपाने १२३मत, गाेविन्द महर्जन १२२ मत, कमल प्रसाद नेपाल १२७ मत (विजेता) भेषराज पाेख्रेल ८५ मत प्राप्त गर्नु भएकाे छ ।
त्यसैगरी २ सचिव पदमा नारायण काफ्ले ३३७ (विजेता ) र शिवसागर शर्माले ३८२ मत ( विजेता) र लिलाराम गाैतम (१८७) प्राप्त गर्नु भएकाे छ । ७ जना खुल्ला सदस्य मध्ये शाेभाकान्त रेग्मी ३२८ मत (विजेता), प्रमेश अाचार्य ४०५ मत (विजेता), उद्याेग बाँनिया ३८४ मत (विजेता), गणपति पाण्डे ३३९ मत (विजेता), शिव बास्ताेला ३६५ मत ( विजेता) उमेश अग्रवाल ३२६ मत, मान बहादुर श्रेष्ठव २७५ मत, बुद्धिप्रसाद अधिकारी ४०६ मत (विजेता), राजन बस्नेत ३३६ मत (विजेता) सहित घाेषणा भएकाे छ ।
