भगवानपुरमा माघी मिलन थारु साँस्कृतिक महाेत्सव शुरु (फाेटाे फिचर)
राम अवतार चाैधरी,
कपिलवस्तु, २९ पुस ।
कपिलवस्तुकाे शिवराज नगरपालिका ९ भगवानपुरमा थारू समुदायकाे माघी पर्वकाे अवसरमा माघी मिलन सांस्कृतिक कार्यक्रम अाईतबारबाट शुरू भएकाे छ ।
‘हम्मनके संस्कृति हम्मनके शान, भुमीपुत्र थारु हमारे बचाई अपन पहिचान’ भन्ने मुल नाराका साथ शुरू भएकाे दाेस्राे माघी मिलन साँस्कृतिक महाेत्सव ३ दिन चल्ने छ ।
महाेत्सवमा थारु समुदायकाे लाेप हुँदै गएकाे पुर्खाैली इतिहास जाेगाउने साथै नयाँ बर्ष-२६४३ काे रूपमा हर्ष उल्लासका साथ मनाइने उद्देश्यले कार्यक्रम अायाेजना गरिएकाे महाेत्सव संयाेजक रमेश थारुले बताए।
कार्यक्रममा थारु कला संस्कृति भेषभुषाको प्रदर्शन विभिन्न थारु जातिले खाने परिकारको स्टल, थारु नाच, माघी नाच, मयुर नाचको प्रस्तुती रहने महोत्सवका उप संयोजक भिखु थारुले बताए ।
विगतका वर्षहरुमा जस्तो यस वर्ष पनि माघी नयाँ बर्षकाे उत्सवकाे रूपमा मनाउनकाे लागि सो महोत्सव आयोजना गरिएको भगवानपुर गाउँ निवासी दु:खराम थारुले बताएका छन् ।
महोत्सवमा थारु सामाग्रीहरु डोकनी, पिर्का, मचिया, ढकिया, धडिया, छतरि, हर जोठा सजाएर राखिएको छ । यसैगरी खानाकाे परिकारमा खिचरी, गगंटाे, मेठौरी, खरिया, ढिक्री, सिन्की लगाएतका खाना परिकार पनि राखिएको छ ।
भगवानपुर गाउँ समाजको आयोजनामा आयोजित उक्त महोत्सवलाई प्रतिनिधि सभा सदस्य अभिषेक प्रताप शाहले उद्धघाटन गरेका थिए।
साँस्कृतिक महोत्सवको समुद्धघाटन गर्दै सांसद अभिषेक प्रताप शाहले थारु समुदायको हक हितको लागि स्थानीय तहदेखि सांसदसम्म समन्वय गर्नुपर्ने शाहले बताए।
उनले थारु समुदायको मुख्य पर्वको रुपमा रहेको माघी पर्वले सवैमा सद्भाव र भाइचाराको सम्वन्ध स्थापित हुनेमा जाेड दिए।
थारु समुदायका कला संस्कृति संरक्षण गर्न मेला महोत्सव आयोजना गर्नुपर्ने बताउँदै थारु समुदायको वाहुल्यता रहेको कपिलवस्तु जिल्लामा पहिचान जोगाउन एक जुट भएर लाग्नुपर्ने सांसद शाहले जिकिर गरे।
उक्त कार्यक्रममा शिवराज नगरपालिका उप-प्रमुख शिवकुमारी थारुले महोत्सवमा थारु पहिचान झल्कने सामाग्री सजाएर राखीएकोमा खुसी व्यक्त गर्दै पछिल्लो समयमा थारु सामग्रीहरु लोप हुदै गएको भन्दै संरक्षण गर्न अावश्यक रहेकाे उप-प्रमुख थारुले बताए।
महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजाेड प्रस्तुतीहरु रहने आयोजकले जनाएकाे छ।
यसैगरी साेमबार चर्चित गायक श्री निवास चौधरी र निकै सुमधुर स्वरका धनी गायिका अन्नु चाैधरी थारु लगायत कलाकारहरुकाे प्रस्तुति रहने साँस्कृतिक संयोजक शिवराज थारुले बताए।