राशिफल ३० पुस, २०७५
मेष
पुरुषार्थी काम गर्दै लाभ उठाउन सकिनेछ। स्वार्थका लागि साइनो गाँस्नेहरूबाट विशेष सजग रहनुहोला।
वृष
कर्मयोगले जीवनशैलीमा सुधार ल्याउन सकिनेछ।स्वास्थ्य कमजोर रहे पनि कामको चाप बढ्नेछ।
मिथुन
समय लागे पनि चिताएको काम बनाउन सकिनेछ। स्वास्थ्यका लागि खानपानमा अलि सजग रहनुहोला।
कर्कट
हुलमुलमा धनमाल जोगाउन सजग रहनुपर्ला। आँटेको काम बन्नाले भौतिक सुविधा बढ्नेछ।
सिंह
साथीभाइको आगमनले काममा हौसला जाग्नेछ। रमाइला ठाउँको भ्रमण गर्ने अवसर जुट्नेछ ।
कन्या
प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउन सक्छ।
तुला
मिहिनेत गर्दा अप्ठ्यारो काम समेत सम्पादन हुनेछ। काम पूरा नभए पनि आंशिक लाभ अवश्य हुनेछ।
वृश्चिक
प्रतिस्पर्धाबाट नयाँ कामको अवसर प्राप्त हुनेछ। अध्ययनमा सामान्य उपलब्धि प्राप्त हुनेछ।
धनु
प्राविधिक ज्ञान सिक्ने अवसर प्राप्त हुनेछ। सन्तान वा अनुयायीले भने साथ दिनेछन्।
मकर
आस मारेको कामको नतिजा सकारात्मक हुने देखिन्छ। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ।
कुम्भ
मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ।
मीन
बोलीको भरमा चिताएको काम सम्पादन गर्ने समय छ।शुभचिन्तकहरूले काममा सहयोग जुटाउनेछन्।