इन्द्रेणी सामाजिक बिकास मञ्चको अध्यक्षमा सुवेदी


श्याम थापा,
परासी, ३० पौष ।




पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका ९ भुताहाको इन्द्रेणी सामाजिक विकास मञ्च अध्यक्षमा बद्रीप्रसाद सुवेदी निर्वाचित भएका छन् ।
मञ्चको २९ औ बार्षिक साधारणसभा तथा १२ औ अधिवेशनमा संस्थाको कार्यसमिति चयनका लागि निर्वाचन भएको थियो । निर्वाचनमा दुई प्यानल चुनावी मैदानमा उत्रिएका थिए ।
बद्रीप्रसाद सुवेदी र लोमा वाग्लेको नेतृत्वमा दुई समूहले प्यानल नै बनाएर निर्वाचनमा होमिएका थिए । निर्वाचनबाट सुबेदीको टिमबाट उपाध्यक्ष पद बाहेक सम्पुर्ण पदमा सुबेदीले हात पारेका छ्न ।
वाग्लेको टिमबाट उपाध्यक्ष पदमा कर्दम बहादुर क्षेत्री मात्र बिजयी भएका छन ।
मत परिणाम अनुसार अध्यक्ष पदमा सुबेदीको ६० मत र वाग्लेको ४१ मत प्राप्त गरेका थिए ।




सम्बन्धित
Loading...