डा. केसीको स्वास्थ्य अवस्था जटिल, आईसीयुमा राख्न डक्टरको सुझाव

31












इलाम । डा.गोविन्द केसीलाई आइसियुमा राख्नुपर्ने भएको छ । सत्याग्रहको छैटौं दिन आज विहान इलाम अस्पतालमा भर्ना भएका केसी लाई अस्पतालमा आइसियु सुविधा नभएकाले तत्काल अन्यत्र रेफर गर्नुपर्ने अवस्था आएको हो ।


सोमबार ४ बजे डा.केसीको स्वास्थ्य जाँच गरेका चिकित्सक डा.विजेन्द्रकुमार साहले डा.केसीको मुटुको गति कहिले ३० बाट २ सय ४० सम्म पुग्न थालेपछि उनको अवस्था जटिल बनेको बताउँदै अवस्था अत्यन्त जटिल बनिसकेकाले उहाँलाई तुरुन्त आइसियु चाहिन्छ । डा.साहले भने, ‘प्राथमिक उपचारका लागि हामीले केही घन्टासम्मलाई औषधि व्यवस्था गरेका छौं तर उनकोे इच्छाविपरीत औषधि चलाउन नमिल्ने बताए ।

गत साउन १० मा सरकारसँग भएको सम्झौता अक्षरशः कार्यान्वयन गर्न माग गर्दै डा.केसी गत २५ गतेदेखि १६ औं सत्याग्रहमा छन् ।



You might also like
Loading...