इरानमा मासु बोकेको विमान धावनमार्गबाट चिप्लदा १५ जनाको मृत्यु

63












इरानको राजधानी तेहराननजिकै एउटा कार्गो विमान दुर्घटना हुँदा १५ जनाको ज्यान गएको छ।

कराजस्थित फाथ विमानस्थलमा खराब मौसमका बेला अवतरणका क्रममा बोइङ ७०७ विमान धावनमार्गबाट चिप्लिएर नजिकै रहेको आवासीय क्षेत्रमा एउटा भवनमा जोतिन पुगेको थियो। घटनास्थल तेहरानदेखि ४० किलोमिटर पश्चिममा पर्छ।


इरानी सेनाका अनुसार विमानमा रहेका १६ जनामध्ये एक फ्लाइट इन्जिनियरलाई मात्रै जीवित अवस्थामा फेला पारिएको छ। उपचारका लागि उनलाई अस्पताल पुर्‍याइएको छ।

स्थानीय सञ्चारमाध्यमहरूका अनुसार उक्त कार्गो विमानले किर्गिजस्तानको राजधानी बिश्केकबाट मासु ओसार्दै थियो। दुर्घटनाग्रस्त कार्गो विमानको सञ्चालकबारे चाहिँ थाहा हुन सकेको छैन।

इरानको नागरिक उड्डयन निकायका एक प्रवक्ताले विमान किर्गिजस्तानको भएको बताएका छन् तर किर्गिजस्तानको मानास विमानस्थलले उक्त विमान इरानको पायाम एअरबाट सञ्चालनमा रहेको बताएको छ।



You might also like
Loading...