नेफस्कुनले ५ सय सहकारीको अनुगमन गर्ने

50







नवलपुर, ३० पुस ।

बचत तथा ऋण सहकारी संस्थाको छाता संगठन नेफस्कुनले यस बर्ष मूलुकभरका ५ सय सहकारीको अनुगमन गर्ने भएको छ ।


सोमबार नवलपुरको प्रगतिनगरमा जिल्ला बचत तथा ऋण सहकारी संघको २४ औं बार्षिक साधारणसभालाई सम्बोधन गर्दै नेफ्सकुनका केन्द्रीय अध्यक्ष डिबी बस्नेतले उक्त कुरा बताएका हुन् । सहकारी बिभागसंग मिलेर यस बर्ष देशभरिबाट ५ सय बचत तथा ऋण सहकारीको अनुगमन गर्ने र सुशासन कायम गर्न नसक्नेलाई अर्कोसंग गाभिन निर्देशन दिने कार्य योजना रहेको बस्नेतले उल्लेख गरे ।

हाल मूलुकभर १३ हजार ५ सय १३ बचत तथा ऋण सहकारी संस्था  रहेका छन् । नवलपरासीमा मात्रै २ सय २९ क्रियाशिल रहेका छन् ।


You might also like
Loading...