पत्रकार जोशीको निधन

47







नवलपरासी, १ माघ । नेपाल पत्रकार महासंघ नवलपरासीका सदस्य उपेन्द्रकुमार जोशीको निधन भएको छ । नवलपरासीका अग्रज पत्रकार जोशी ७३ बर्षको उमेरमा निधन भएको हो ।
यसैबीच नेपाल पत्रकार महासंघ नवलपरासीका अध्यक्ष होमराज रानाभाटले शोक वक्तव्य जारी गर्दै जोशीको निधनप्रति दुःख व्यक्त गरेको छ ।
विनयी त्रिवेणी ६ निवासी जोशी पत्रकार महासंघका पूर्व पार्षद हुन् ।
शोक वक्तव्यमा भनिएको छ — नेपाल पत्रकार महासंघ नवलपरासी शाखाका साधारण सदस्य तथा अग्रज पत्रकार उपेन्द्र कुमार जोशीको आज भएको दुखद तथा असामयिक निधनको खबरले नेपाल पत्रकार महासंघ नवलपरासी शाखा स्तब्ध भएको छ ।
विहान घरमै रहेको समय एक्कासी विरामी परेका उनलाई उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमा नै निधन भएको उनका जेठा छोरा अचलकुमार जोशीले बताए । उनलाई उपचारका लागि बर्दघाट चौपत्ताको सहिद स्मृति सामुदायिक अस्पतालमा लगिएको थियो । अस्पतालले जोशीको रक्तचाप कमीको कारण निधन भएको जनाएको छ ।



You might also like
Loading...