नगरपालिकाद्वारा पशुपालक किसानलाई प्राविधिक तालिम
गोपी ज्ञवाली
नवलपरासी, ३ माघ ।
पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले स्थानिय पशुपालक किसानहरुलाई पशुपालन तालिम प्रदान गरेको छ ।
सुनवल नगरपालिकाले पशुपालक किसनहरुलाई किसानको क्षमता बृद्धिका लागि भन्दै सुनवल वार्ड नम्बर १ का ५५ जना पशुपालक किसानहरुलाई पशुपंक्षि विकास तालिमालन गरि पशुपालक किसानहरुलाई प्रशिक्षीत गरेको छ ।
स्थानीय तहका कार्यालयहरुले विभिन्न प्रकारका तालिमहरु संचालन गर्दै आएको भए पनि पशुपालक किसानहरुलाई भिन्दै प्रकारका तालिमहरु संचालन नगरेको तर अब समय परिवर्तन हुदै गर्दा पशुपालक किसानहरुलाई पनि ब्यावसायिक बनाउने उदेश्यका साथ पहिलो चरणमा सुनवल १ का पशुपालक किसानहरुलाई प्रशिक्षित गरिएको सुनवल नगरप्रमुख भिमबहादुर थापा भरतले बताए ।
बंगुर पालनमा १५ जना, गाई भैसी पालनमा २० जना एवं भेडाबाख्रा पालनमा २० जना गरि जम्मा ५५ जनालाई पहिलो चरणमा प्रशिक्षण दिईएको र उनीहरुको उपलब्धिलाई हेरेर अन्य वडाहरुमा पनि पशुपंक्षी तालिम संचालन गर्ने विषयमा नगरकार्यालयले योजना बनाई रहेको सुनवल नगर पशुविकास अधिकृत शोभाखर ज्ञवालीले बताए ।
नगरपालिकाले पहिलो चरणमा बंगुर पालन, गाई भैसी पालन एवं भेडाबाख्रा पालन गरेका किसानहरुलाई फरक फरक विषयमा ३÷३ दिन सम्म प्राविधिक तालिम संचालन गरेको प्रशिक्षक विमल ढमालले बताए । कृषिको बाली विकास एवं अन्य खेती तर्फका तालिम धेरै पटक हुने गरेको भए पनि पशुपालन सम्बन्धि प्राविधिक तालिम संचालन गरेको यो पहिलो चरण भएको प्रशिक्षक ढकालको भनाई रहेको छ । प्रशिक्षणमा घराईसी पालन गर्ने बंगुर, गाई भैसी एवं भेडाबाख्रामा लाग्ने सामान्य रोगहरुको पहिचान, प्रथमिक उपचार, बंगुर, गाई भैसी र भेडाबाख्रामा प्रयोग गर्न नहुने रासायकको विषय लगाएतका प्राविधिक रुपमा तालिम संचालन भएको बताईएको छ ।