डा. केसी शिक्षण अस्पताल भर्ना
काठमाडौं ४ माघ । आमरण अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर भएपछि राति नै काठमाडौं ल्याइएको छ ।
डा. केसी ९ दिनदेखि इलाममा अनसनरत थिए । तर, बिहीबार साँझबाट उनको मुटुको चाल अस्थिर भएपछि चिकित्सकहरुले कुनै पनि बेला दुर्घटना हुन सक्ने भन्दै तत्काल काठमाडौं लैजान सुझाव दिएका थिए ।
डा. केसीलाई अाज विहान पौने चार बजेतिर त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएकाे छ।
रात परिसकेकाले इलाममा हेलिकोप्टर ल्याण्ड गर्ने अवस्था नभएपछि उनलाई इलामबाट भद्रपुरसम्म एम्बुलेन्समा ल्याइ भद्रपुरबाट सेनाको नाइटभिजनले काठमाडौं ल्याइएको हाे ।