कपिलवस्तुमा नवाैं माघी महोत्सव (फाेटाे फिचर)
राम अवतार चाैधरी,
कपिलवस्तु । कपिलवस्तुकाे नवाैं माघी (खिचडी) महाेत्सव शुक्रबार सकिदै छ। महाेत्सव ३ दिनका लागि अायाेजना गरिएकाे हाे ।
थारु कल्याणकारी सभा कपिलवस्तुकाे अायाेजनामा जिल्लाको शिवराज नगरपालिका-५, चन्द्रौटामा महाेत्सव भएकाे हाे ।
“हम्मन संस्कृति हम्मनके शान, पहिचान बचएना हम्मनके अभियान” भन्ने मूल नाराका साथ भएको महोत्सवमा थारु भेषभूषा, भाषा, कला, संस्कृतिलाई संरक्षण र प्रबर्द्धन गर्ने हस्ताकला लगायत साम्रागीहरु प्रर्दशन गरिएको थियाे।
महाेत्सवकाे थारु नृत्य प्रतियाेगिता, विभिन्न स्थानीय तथा राष्ट्रिय कलाकारकाे प्रस्तुति, थारु समुदायको खानपान देखि लिएर भेषभूषा, हस्ताकला समाग्री प्रदर्शनका साथै झुमरा, झर्रा, सजनी, विरहनी, मयुर नाच, लट्ठी नाँच, रेकर्ड डान्स प्रतियोगिताका रहेका छन् ।
महाेत्सवकाे प्रदेश ५ का भाैतिक पूर्वाधार तथा याेजना मन्त्री वैजनाथ चाैधरीले उद्घाटन गरेका थिए ।











