बर्दघाटमा नक्कली मह बनाउने समुह सक्रिय

320












नवलपरासी ५ माघ । पश्चिम नवलपरासीको बर्दघाटमा नक्कली मह बनाउने समुह सक्रिय भएको पाईएको छ । शुक्रबार नक्कली मह बनाउनेगरेको सुचनाका आधारमा बर्दघाट बजार विकास समितिका पदाधिकाररी, बर्दघाट वडा नम्बर ४ का वडा अध्यक्ष रविन्द्रविक्रम हमाल, संचार कर्मी संगै पुगेको ईलाका प्रहरी कार्यालय बर्दघाटको टोलीले करिव १ सय २० लिटर  मह बरामद गरेको छ ।


ईलाका प्रहरी कार्यालय बर्दघाट देखि करिव १५० मिटर दक्षिण तर्फको एक घरमा केहि ब्यक्तिहरुले घर भाडामा लिएर नक्कली मह बनाउदै आएका थिए । प्रहरीले यस अघि पनि करिव १ बर्ष अगाडि पनि सोहि घर बाट नक्कली मह बनाउने सामाग्रीहरु बरामद गरेको थियो ।

ईलाका प्रहरी कार्यालय बर्दघाट देखि करिव १५० मिटर दक्षिण तर्फको एक घरमा केहि ब्यक्तिहरुले घर भाडामा लिएर नक्कली मह बनाउदै आएका थिए । प्रहरीले यस अघि पनि करिव १ बर्ष अगाडि पनि सोहि घर बाट नक्कली मह बनाउने सामाग्रीहरु बरामद गरेको थियो ।

मह बनाउने ठाउमा कुहिएका खागका चाका, मरेका खाग र मौरी चिनिका बोरा, फिट्कीरी, लगायत फेला परेको छ । ड्रममा कुहिएको अवस्थामा मह जस्तै देखिने पदार्थ समेत भेटिएको छ । प्रहरीले सवै सामान नियन्त्रणमा लिएको छ ।

बर्दघाट नगरपालिकामा नक्कली महको ब्यापार धेरै फैलिदै गएको वडा नम्बर ४ का अध्यक्ष रविन्द्र विक्रम हमालले बताउनुभएको छ । हमालले अबैध रुपमा काम गर्ने हरुका लागि कोठा भाडामा दिने घरधनीहरुले समेत ख्याल गर्नुपर्ने बताए । अपरिचितहरुलाई घर बाहालमा दिने र उनीहरुले अबैध काम गर्दा पनि कुनै रोकावट नगर्ने घर धनी समेत कारबाहिको भागिदार हुनुपर्ने हमालले बताए ।

मह बनाउने स्थलमा पुगेका मौरीपालक किसान शिव प्रसाद पाण्डेले आफुहरुले उत्पादन गरेको महले बजार नपाउने समस्या भैरहेको समयमा नक्कली महले बजार लिंदा आफुहरु मर्कामा परेको बताए । अवैध रुपमा मह उत्पादन गर्नेहरुलाई कसैले कारबाहि र नियन्त्रणका लागि चासो नदिदा कारोबार गर्नेहरु मौलाएको पाण्डेले बताए । पाण्डेले नक्ली महको उपभोग गर्दा उपभोक्ताको स्वास्थ्यमा असर गर्ने बताए ।

ईलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक बुद्धि सागर पुरीले मह बनाउने कार्यमा संलग्नलाई नियन्त्रणमा लिएर खाध्य मिसावट अन्तरगत मुद्धा चलाएर कारबाहि प्रकृया अगाडि बढाईने बताएका छन् ।



You might also like
Loading...