सुस्तामा सरसफाई
परासी (सुस्ता), ६ माघ ।
पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका ५ पक्लिहवाको रामनगरमा सरसफाई गरिएको छ । वस्ती स्तरीय सरसफाइ कार्यक्रम अन्तरगत सरसफाई गरिएको हो ।
सुस्ता गाउँपालिका वार्ड न ५ को वडा कार्यालयको आयोजना र संवाद किशोर किशोरी संजाल पक्लिहवाको समन्वय सरसफाई गरिएको थियो ।
सरसफाइ कार्यक्रम पछि भएको भेलालेरुदल लोनियाको अध्यक्षयतामा ५१ सदस्यीय टोल सुधार समिति रामनगर गठन गरेको छ ।
जसको उपाध्यक्षमा शदरुन नेशा, सचिवमा राम कोमल कोइरी, कोषाध्यक्षमा बिसुनी खवास र सहसचिवमा खाजिर मिया रहेका छ्न ।
रामनगर गाउँको बाटो र चोकहरुमा रहेको फोहोरहरु सरसफाइ गरी सरसफाई कार्यक्रमको शुरुवात गरिएको थियो ।
कार्यक्रममा सुस्ता ५ का वडाअध्यक्ष प्रभुनाथ यादव, सचिव कर्ण बहादुर दर्लामी मगर, पत्रकार श्याम थापा, पक्लिहवा स्वास्थ्य चौकीका इन्चार्ज राजकिशोर मण्डल, रबिन्द्र जैसवाल, एबिसी नेपालका सन्जित कुमार शर्मा लगायतले गाउँटोल सफा राख्नु पर्ने कारण बारे भेलामा मन्तव्य राखेका थिए ।