नवलपरासीमा नदीजन्यवस्तुको अवैध उत्खनन रोकिएन, एउटा जेसिबी र ८ वटा ट्याक्टर नियन्त्रणमा

139












प्रेमचन्द रौनियार
नवलपरासी (त्रिवेणी), ६ माघ ।


वर्दघाट सुस्ता पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका ३ मा रहेको खजुरा खोलामा अवैध रुपमा नदीजन्य वस्तु उत्खनन गरिरहेको अवस्थामा प्रहरीले एउटा जेसिवी र ८ वटा ट्याक्टर नियन्त्रणमा लिएको छ ।
उक्त क्षेत्रमा व्यापक रुपमा अवैध ढंगले नदीजन्य वस्तुको चोरी निकासी तथा ओसारपसार हुने गरेको छ ।
ईलाका प्रहरी कार्यालय सेमरीका प्रहरी नायव निरीक्षक प्रमोद विक्रम केसीका अनुसार खजुरा खोलाबाट अवैध रुपमा माटो खनि राखेको अवस्थामा लु १ त १४७६ , लु १ त ६५१३, लु २ त ७१५०, लु २ त ३२९, लु २ त ३६२५, लु २ त ३७८४, लु २ त ३३७ र भे १ त ५५१० नम्बरका आठ वटा टेक्टर तथा एउटा जेविसी नियन्त्रणमा लिएको हो ।
प्रहरीले ट्याक्टर र जेसिबी चालकहरुलाई पनि नियन्त्रणमा लिएर आवश्यक कारवाहीका लागि प्रतापपुर गाउँपालिका पठाएको केसीले जानकारी दिए ।
पहिलो पटक समातिएका टेक्टरहरुलाई १०, १० हजारका दरले जरिवाना लिएर छाडिने प्रावधान रहेको छ ।




You might also like
Loading...