सहकारीलाई उत्पादनसँग जोडिएर काम गर्न सांसद लामिछानेको आग्रह

194








सालिकराम भट्टराई
कावासोती । बचत र ऋण लगानीले मात्र सहकारी नचल्ने भएकाले सहकारीलाई उत्पादनसंग जोडिएर काम गर्न गण्डकी प्रदेशका सांसद बिष्णु लामिछानेले जोड दिएका छन् ।
आइतबार पूर्वी नवलपरासीको कावासोतीमा रहेको मध्यबिन्दु बहुउद्देश्य सहकारी संस्थाको छैठौ साधारण सभामा मन्तब्य राख्दै उनले यस्तो बताएका हुन् ।
बिना योजना ऋण लगानी गर्ने सहकारी टाट पल्टिएकाले सहकारीले कार्ययोजना हेरेर अनुगमन गरी ऋण बितरण गनुपर्ने समेत उनले बताए ।
कावासोती वडा नं २ का वडा अध्यक्ष लक्ष्मी प्रसाद पौडलले ऋण लिएर उत्पादनमुलक कार्यमा लगानी गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा संस्थाका अध्यक्ष रामराजा पण्डितले बार्षिक प्रतिबेदन र कोषाध्यक्ष बिजय कुमार श्रेष्ठले आर्थिक प्रतीबेदन प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन मदन गिरीले गरेका थिए ।



You might also like
Loading...