आजको राशिफल (सोमबार, ७ माघ २०७५)


मेष


नैतिक प्रतिष्ठा जोगाउन निकै सजग रहनुपर्ला। प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ।



बृष
विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। आँटेको काममा अरूको मुख ताक्नाले पछि परिनेछ।
मिथुन
कीर्तिमानी कामको यश लिने सौभाग्य प्राप्त हुनेछ। आम्दानी थोरै भए पनि आवश्यकता पूरा हुनेछन्।
कर्कट
शुभचिन्तकहरूले साथ दिनेछन् भने भविष्यका लागि कर्मसञ्चय गर्ने समय छ। सामाजिक कामले नाम, दाम र इनाम दिलाउनेछ।
सिंह
मिहिनेतको राम्रो प्रतिफल प्राप्त हुनेछ। आध्यात्मिक चेतनाले धर्मकर्म र सेवामूलक काममा प्रवृत्त गराउनेछ।
कन्या
सामान्य कामका लागि धेरै दौडधुप गर्नुपर्नेछ। तत्काल फाइदा नहुने काममा जुट्नुपर्ला।

तुला
परिबन्धले चुनौती निम्त्याउन सक्छ। ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्न सक्छ।
बृश्चिक
अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला।
धनु
आजको यात्रा र आतिथ्य खर्चिलो बन्नेछ। वचन पूरा गर्न नसक्दा आलोचित भइनेछ।
मकर
हडबडीले घर-व्यवहारमा समस्या निम्त्याउनेछ। तापनि, प्रेम र मित्रताको बन्धन कसिने समय छ।
कुम्भ
प्रतिस्पर्धीहरूले अलि दु:ख दिन सक्छन्। पछिका लागि भने विशेष काममा जग बसाउने मौका छ।
मीन
परिश्रम परे पनि लक्ष्य नजिक पुग्न सकिनेछ। ऋण, शत्रु र रोगबाट सजग रहनुपर्ला।


सम्बन्धित
Loading...