चितुवाको छालासहित उपाध्याय पक्राउ

62












दाङ, ७  माघ । प्रहरीले दुई वटा चितुवाको छालासहित सुर्खेत वाट एकजना व्यक्तिलाई पक्राउ गरेको छ । ५ नं. प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङका अनुसार विरेन्द्र नगरनगरपालिका वडा नं. ३ एरीचोक (जुम्लारोड) बाट रास्कोट नगरपालिका वडा नं. ४ सिउना कालिकोट निवासी २९ बर्षीय टंकप्रशाद संजेल(उपाध्याय)लाई पक्राउ गरिएको जानकारी दिएको छ ।


प्रदेश प्रहरी प्रबक्ता एवं प्रहरी नायव उपरिक्षक टिकाबहादुर कार्कीले प्रदेश नं. ५ को प्रदेश प्रहरी व्यूरोका प्रहरी निरीक्षक बोधराज रेग्मीको नेतृत्वमा गएको टोलीले जिल्ला प्रहरी कार्यालय सुर्खेतसंग समन्वय गरि उपाध्यायलाई पक्राउ गरेको जानकारी दिएका छन् । उपाध्यायलाई प्रहरीले आइतवार साढे ३ बजेतिर पक्राउ गरिएको बताएको छ ।

पक्राउ परेका उपाध्यायको साथ बाट एकथान ध्वाँसे चितुवा र एकथा बयस्क चितुवाको छाला बरामद गरिएको जानकारी दिइएको छ । उपाध्यायलाई जिल्ला प्रहरी कार्यालय सुर्खेत मार्फत आवश्यक कारवाहीको डिभिजन वन कार्यालयमा बुझाउने प्र्रदेश प्रहरी प्रबक्ता कार्कीले जानकारी दिए ।

प्रदेश प्रहरी व्यूरोको यही टोलीले गत हप्ता मात्रै बाँकेको कोहलपुर क्षेत्रवाट दुर्लभ पाटे बाघको छालासहित दुई जनालाई पक्राउ गरेको जानकारी दिएको छ ।



You might also like
Loading...