विनयी त्रिवेणीमा लागूऔषध सहित दुई जना पक्राउ


नवलपरासी, ७ माघ । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका ६ त्रिवेणीबाट नवलपुर प्रहरीले लागू औषध सहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।
सोमबार दिउँसो भारतको भैसालोटनबाट लागूऔषध खरिद गरी नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा त्रिवेणी ब्यारेज पुलमा चेकिङ्ग गर्ने क्रममा लागू औषध सहित दुई जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वले जनाएको छ ।
प्रहरीले पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका ४ बर्दघाट बस्ने ३७ बर्षका नविन सुनार र विनयी त्रिवेणी ६ त्रिवेणीका २८ बर्षीय सन्दीप कार्कीलाई लागूऔषध सहित पक्राउ गरेका हुन् ।
प्रहरीले सुनारको साथबाट नाइट्रोभ्यान ४८ थान र कार्कीको साथबाट स्पास्मो ६ थान, नाइट्रोभ्यान १५ थान सहित पक्राउ गरेको हो ।







सम्बन्धित
Loading...