सकियो डण्डाको माघी (खिचरी) महोत्सव


नवलपरासी (डण्डा) । थारु समुदायको विशेष चाड माघिको अवसर पारेर कावासोती नगरपालिका १६ डण्डामा संचालन गरीएको प्रथम प्रथम माघी (खिचरी)सास्कृतिक महोत्सव सोमबार सकिएको छ ।
माघीको अवसर पारेर राष्ट्रिय थारु संग्रहालयले डण्डामा पहिलोपटक महोत्सव आयोजना गरेको थियो ।
११ दिनसम्म संचालन भएको महोतसवमा ८० हजार दर्शकले अवलोकन गरेको आयोजकले जनाएको छ । सोमबार अन्तिम दिन १५ हजार दर्शकले महोत्सवको अवलोकन गरेको आयोजकका नेत्र थनेतले जानकारी दिए ।
माघीको अवसर पारेर नवलपुरमा पहिलो पटक आयोजना गरिएको महोत्सव सफलता पूर्वक सम्पन्न भएकोे आयोजक संस्था थारु कल्याण कारिणी सभा नवलपुरका अध्यक्ष रामप्रसाद महतोले जानकारी दिए ।
माघी पर्व थारु समुदायले मात्रै नभई सबै समुदायले मान्ने पर्व भएकाले यस पर्वलाई राष्ट्रिय पर्व बनाउनु पर्छ भन्ने सन्देश दिनका लागि माघी ( खिचरी ) महोत्सवको आयोजना गरिएको अध्यक्ष महतोले बताए ।
सोमबार अन्तिम दिन लोक तथा दोहारी गायक रमेशराज भट्टराई , बाल कलाकार अशोक दर्जी तथा गायकर टंक बुढाथोकीको प्रस्तुतीले महोत्सव रमाइलो बनेको थियो ।
महोत्सवमा ११ दिनसम्म विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारहरुको वेजोड सास्कृतिक प्रस्तुतीले दर्शकले मनोरञ्जन लिए । महोत्सवमा प्रथम राष्ट्रिय माघी डान्स आईडियल र राष्ट्रिय भलिबल खेल समेत भएको थियो ।
महोत्सवको मुख्य आकर्षणका रुपमा यहा बसोबास गर्ने विभिन्न जातजातीको कला संस्कृति झल्कने घर झाकी प्रदर्शन र खानाका परिकारहरु रहेका थिए ।
गत पुष २७ गतेबाट शुरु भएको महोसवको समापन कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका नेता तथा सासंद कृष्णचन्द्र नेपालीले यस्ता महोत्सवले ब्यापार प्रवद्र्धन मात्र नभई संस्कृति संरक्षणमा टेवा पुग्ने बताए ।







सम्बन्धित
Loading...