देवचुलीमा विधालय समायोजन हुने
नवलपुरको देवचुली नगरपालिकाका दुई बिद्यालय एक आपसमा गाभिने भएका छन् ।
देवचुली १५ मा रहेको प्रगति आधारभूत बिधालय सोहि वडाको जनज्योति माध्यमिक बिद्यालयमा गाभिने भएको हो । दुवै विधालयका व्यवस्थापन समिति,प्रधानाध्यापक,समायोजन समितिको कार्यदल,शिक्षा प्रेमी बुद्धिजीवीबीच जनज्योति माध्यमिक बिध्यालयमा भएको भेलाले दुवै विद्यालय समायोजन गरि अघि बढ्ने निर्णय गरेको जनज्योति माध्यमिक बिधालयका व्यवस्थापन समितिका अध्यक्ष श्याम शर्मा भुसालले बताए ।
हाल प्रगति आधारभूत बिध्यालयमा कक्षा नर्सरी देखि कक्षा ६ सम्म पढाई हुँदै आएको छ । बिद्यालयमा करिब ११२ जनाको भर्ना भए पनि ८०÷८२ जना बिद्यार्थी मात्रै नियमित बिध्यालय आउने गरेका छन् । बिध्यालयमा ५ जना स्थाई,१ जना अस्थाई,१ जना कार्यालय सहायक र दुई जना बाल शिक्षामा कार्यरत शिक्षक शिक्षिका रहेका छन् ।
देवचुली नगरपालिकाका नगरप्रमुख पूर्णकुमार श्रेष्ठको उपस्थितिमा भएका भेलाले दुबै विद्यालयमा विद्यार्थी संख्या नपुग भएकाले एक आपसमा गाभ्ने निर्णय गरेको हो ।