३८ वर्षिय महिला बलात्कार गर्ने कार्कीलाइ ८ बर्ष जेल सजाय

57












भोजपुर । ३७ वर्षीय महिलालाई बलत्कार गरेको आरोपमा भोजपुरको पौवादुङ्मा गाउँपालिका–३ च्याङगे्रका ३५ बर्षीय राजकुमार कार्कीलाई जिल्ला अदालत भोजपुरले ८ बर्ष कैद सहित ५० हजार क्षतिपूर्तीको फैसला गरेको छ ।

न्यायधिस हरिश्चन्द्र इङ्नामको इजलासले ८ बर्ष कैद र ५० हजार जरिवाना सुनाएको अदालतका सुचना अधिकारी राजकुमार दाहालले बताए । पीडित पक्षले गत कात्तिकमा दिएको उजुरीको आधारमा कार्कीलाई पक्राउ गरिएको थियो । कार्कीले असोज २५ गते बलात्कार गरेको प्रहरीले जनाएको छ ।




You might also like
Loading...