विनयी त्रिवेणी ट्वान्टी ट्वान्टी क्रिकेट प्रतियोगिताः बुधबारको खेलमा जनजागृति युवा क्लब विजयी

86












दुम्किबास । पूर्वी नवलपरासीको विनयी त्रिवेणी वाड नम्बर ६ र ७ मा सुरु भएको वडा स्तरीय क्रिकेट प्रतियोगिताको बुधबारको खेलमा जनजागृति युवा क्बल पाँच विकेटले विजयी भएको छ ।
त्रिवेणी खेल मैदानमा स्टार युवा क्लब रानी नगर र जनजागृती युवा क्लब केवलानी बीच भएको ट्वान्टी ट्वान्टी क्रिकेट प्रतियोगितामा रानी नगरले टस जितेर निर्धारित २०ओभरमा सात विकेटको क्षतिमा १ सय ५४ रन बनाएको थियो ।
जवाफि ब्याटिंग गर्दे जनजागृति युवा क्लब केवलानीले १४ ओभर बलिंग गर्दै ५ विकेटको क्षतिमा लक्ष्य प्राप्त गरि ५ विकेटले जित हात पारेको हो ।
खेलमा उक्तृष्ट ब्याटिंग दर्गै ६० रनको पारि र एक विकेट लिएका केवलानीको खेलाडी धनन्जय कोइरी म्यान अफ म्याच घोषित भएको आयोजक क्लबका सदस्य नविन क्षेत्रलिे जानकारी दिए ।



You might also like
Loading...