रुख बाट खसेर मृत्यु


दाङ, माघ १० ।



दाङमा एकजना जेष्ट नागरिकको रुखवाट खसेर मृत्यु भएको छ । गढवा गाउँपालिका वडा नं. ५ निवासी ७० बर्षीय देवीबहादुर गिरीको रुखवाट खसेर मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार बुधवार ५ बजेतिर घाँस काट्न भनि कक्रहवा स्थित चिउरीघाट सामुदायिक वनमा गएका थिए । गिरी सालको रुखबाट खसेपछि मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।



सम्बन्धित
Loading...