७० करोड प्रयोगकर्ताको इमेल ह्याक [इमेल ह्याक भए नभएको यसरी जाँच गर्नुहोस]


नयाँ वर्ष सन् २०१९ को सुरुवातमै निकै गम्भीर साइबर आक्रमणको खुलासा भएको छ । साइबर सेक्योरिटी शोधकर्ता ट्रोय हन्टले उक्त डाटा लिकबारे पत्ता लगाएका हुन् ।




उनले यति धेरै संख्याका इमेलका डाटा लिक भएको पत्ता लगाएर आफ्नो इमेल troyhunt.com मा उल्लेख गरेका छन् । त्यो करीब ७७ करोड ३० लाख इमेल आईडी तथा २ करोडभन्दा धेरै पासवर्डको डाटाबेस हो ।

शोधकर्ताले यसलाई संग्रह नम्बर १ का रुपमा पेश गरेका छन् । उनले भनेका छन्, ‘संग्रह नम्बर १ कूल पासवर्ड तथा इमेल ठेगानाको २ अर्ब ६९ करोडभन्दा धेरै डाटाको संग्रह हो । विभिन्न तरिकाले विश्वव्यापी रुपमा हजारौं लाखौं प्रयोगकर्ताबाट चोरिएका डाटा हुन् यी ।
उनको संग्रहमा कूल ८७ गिगाबाइट डाटाको १२ हजार फाइल रहेका छन् । त्यसको ठूलो हिस्सा चर्चित क्लाउड सर्भिस मेगामा पनि राखिएको छ । हन्टले उक्त डाटाबेसमा आफ्नो समेत इमेलको पर्सनल डाटा फेला पारेको खुलासा गरेका छन् । त्यहाँ आफ्ना डाटाहरु सबै दुरुस्तै देखेको तर पासवर्ड भने आफुले केही वर्षअघिसम्म प्रयोग गर्ने गरेको रहेको बताएका छन् ।




कतै तपाईंको इमेल पनि ह्याक भएको त छैन ?

तपाईंले पनि आफ्नो इमेलका डाटा ह्याक भए नभएको आफैं जाँच गर्न सक्नुहुन्छ । त्यसका लागि haveibeenpwned.com मा लगअन गरी आफ्नो इमेल आईडी हाल्नु पर्दछ ।

यदि तपाईंको इमेलको डाटा ह्याक भएको छैन भने Good news — no pwnage found  लेखेको सूचना पाउनुहुन्छ । यदि तपाईंको डाटाबेस पनि ह्याक भएको भए Oh no — pwned भन्ने देखिनेछ ।

यदि तपाईंले आफ्नो इमेल डाटाबेस ह्याक भएको थाहा पाउनुभयो भने आफ्नो पासवर्ड तथा अन्य विवरणहरु तत्कालै अपडेट गर्नुहोस् ।




सम्बन्धित
Loading...