बुटवलमा टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
बुटवल, १० माघ । विहीबार रुपन्देहीको देवदहमा टिपरको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ ।
देवदह नगरपालिकाको घोडाहा र भलुही बीचमा लु २ ख ३५४७ नम्बरको टिपरले लु ३२ प ८१४८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको ज्यान गएको हो ।
देवदह प्रहरी चौकीका प्रमुख भरत थापाले दुर्घटनामा ज्यान गए पनि पहिचान हुन बाँकी रहेको बताए । शव क्षतविक्षत भएकाले पहिचान गर्न कठिनाइ भएको प्रहरी भनाइ छ ।