अछाममा चट्याङले एकै गाउँका १७ घाइते

89








अछाम । अछाममा गएराति परेको चट्याङ्ग लागेर एउटै गाउँका १७ जना घाइते भएका छन् । घाइते मध्ये ८ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
पञ्चदेवल विनायक नगरपालिका–७ पुल्लेतोलाको काटियाँ भन्ने ठाउँमा बुधबार बेलुकी एकै पटक तीनवटा घरमा परेको चट्याङले एकै टोलका १७ जना घाइते भएका हुन् ।
चट्याङ लागेर गम्भीर घाइते हुनेमा उक्त नगरपालिकाक पुल्लेतोला निवासी ४० वर्षीया जयसरा कामी, ३५ वर्षीय धनबहादुर रावल, १६ वर्षीया बासु कामी, ४० वर्षीया धर्मा रावल, ३५ वर्षीया रामकला रावल र उनकै छोरी १२ वर्षीया धिर्गा रावल, ७९ वर्षीया दिर्केश रावल, २२ वर्षीया भावना सुनारको अवस्था गम्भीर रहेको अछाम प्रहरी प्रमुख डिएसपी जनकबहादुर शाहीले जानकारी दिए ।
यस्तै सोही चट्याङबाट सामान्य घाइतेमा २२ वर्षीया धना रावल, ४५ वर्षीय टेकबहादुर बटाला, १८ वर्षीया सिर्जना बटाला, १९ वर्षीया धिर्जा बटाला, २५ वर्षीया भावना बटाला, २२ वर्षीया मनसरा कामी, २१ वर्षीया कमला कामी, १३ वर्षीया दिपु कामी, ५० वर्षकी मना कामी सामान्य घाइते भएको प्रहरीले जानकारी दिएको छ ।
घाइतेहरुको सोही वडाको स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।
मंगलबार बेलुकी परेको चट्याङले घाइते भएकी बान्नीगढी–जयगढ गाउँपालिका(५ कालिकामा मुक्तबहादुर रावलकी छोरी १४ वर्षीया राधिका रावलको जिल्लाको वयलपाटा अस्पतालमा उपचार भइरहेको छ ।




You might also like
Loading...