कुमारीको आँखा शिविरमा दुई हजार एक सय चालिस जनाले आँखा जचाए





कावासोती, १० माघ ।
कुमारी निजी शैक्षिक गुठीले आयोजना गरेको निशुल्क आँखा शिविरमा दुई हजार एक सय ४० जनाले आँखा जाच गराएका छन् ।
पूर्वी नवलपरासीको कावासोती नगरपालिका, हुप्सेकोट गाउँपालिका, देवचुली नगरपालिका, विनयी त्रिवेणी गाउँपालिकाका विभिन्न १० स्थानमा निशुल्क आँखा शिविर भएको थियो । निशुल्क आँखा शिविर विहीबार सकिएको हो ।
कुमारी निजी शैक्षिक गुठी हसौरा, भरतपुर आँखा अस्पताल र नेपाल नेत्र ज्योति संघ जिल्ला नवलपुरको आयोजनामा शिविर भएको हो ।
सबै स्थानहरुमा भएको निशुल्क आँखा शिविरमा गरी २ हजार १ सय ४० जनाले आँखा जाच गराएकोमा ३ सय ९० जनामा मोतियाविन्दु भेटिएको र २ सय ४३  जनाको निशुल्क आँखा अप्रेशन गरिएको कुमारी निजी शैक्षिक गुठीका योजना तथा लेखा प्रमुख दिपकलाल श्रेष्ठले बताए ।
शिविर कावासोती नगरपालिकाको वडा नं. १३ गैरी, कावासोती १५, गोडार, कावासोती ४ हसौरा कुमारी स्वास्थ्य केन्द्र र कावासोती ३ गुम्बा चोक प्रस्तावित कुमारी अस्पतालमा भएको थियो ।
त्यसैगरी देवचुली नगरपालिकाको कृतिपुर र रहजर, मध्यविन्दु नगरपालिकाको अरुणखोला र पनौती, विनयी त्रिवेणी गाउँपालिकाको दुम्किबास र हुप्सेकोट गाउँपालिकाको झ्यालबास र मौलाथर भएको थियो ।
मौलाथरमा निशुल्क आँखा शिविरसँगै दन्त शिविर र स्वास्थ्य शिविर पनि भएको थियो भने कृतिपुरमा निशुल्क दन्त शिविर र आँखा शिविर भएको थियो ।
निशुल्क शिवरमा आएकाहरुलाई निशुल्क रुपमा औषधिसमेत वितरण गरिएको शिविर कार्यक्रम संयोजक नविन पौडलले जानकारी दिए ।
ग्रामिण भेगहरुका बासिन्दाहरुको स्वास्थ्यमा पहुँचकम हुने भएकोले ग्रामिण क्षेत्रलाई लक्षित गरि शिविर गरिएको कुमारी निजी शैक्षिक गुठीका अध्यक्ष नरबहादुर ठाडाले बताए ।
शिविरमा विशेषगरी मोतिया विन्दु, जलविन्दु, आँखाको दृष्टिदोष जस्ता विरामीहरु प्नि पाइएको भरतपुर आँखा अस्पतालका कार्यक्रम संयोजक रमेश घिमिरेले जानकारी दिए ।
शिविर माघ ३ गतेबाट शुरु भएको थियो ।







सम्बन्धित
Loading...