नगरपालिकाले बाड्यो विद्यालयका किशोरीहरुलाई सेनेटरी प्याड

108







प्रेमध्वज गाहा, 
कावासोती। कावासोती नगरपालिकाले नगरपालिका भित्रका सामुदायिक विद्यालयको किशोरी विद्यार्थीहरुलाई सेनेटरी प्याड वितरण शुरु गरेको छ ।
विहीबार कावासोती नगरपालिका १ रिठ्ठेपानीको जनकल्याण माध्यमिक विद्यालयका छात्राहरुलाई सेनेटरी प्याड वितरण गरिएको थियो ।
कावासोती नगरपालिका, जनस्वास्थ्य प्रबद्र्धन उपशाखाको लागि ससर्त अनुदान बजेट अन्तर्गत यस्तो कार्यक्रम शुरु गरिएको हो ।
कार्यक्रममा सशर्त अनुदानको २५ हजार रुपैयाँ बजेटको प्याड वितरण गरिएको नगरपालिका स्वास्थ्य संयोजक विश्वराज कँडेलले बताए ।
प्याड बितरण कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमानसिँ सुस्लीङको अध्यक्षतामा भएको थियो ।
कार्यक्रममा कावासोती १ का वडा अध्यक्ष नारायण प्रसाद पन्त, नगरपालिकाका अधिकृत राजेन्द्र प्रसाद सापकोटा, नगरपालिका अन्तर्गतको जनस्वास्थ्य बिभागकी स्वास्थ्य कार्यकर्ता चन्द्रकला भट्टराई, शिवमन्दिर स्वास्थ्य चौकी अठ्ठाइस बिगाहाकी स्वास्थ्य कार्यकर्ता मीरा पराजुली, तुलसी सिग्देल लगायतको सहभागिता रहेको थियो ।
विद्यालयका प्रधानाध्यापक यदुनाथ काफ्लेको स्वागत मन्तब्य रहेको कार्यक्रममा किशोरी छात्राहरुका तर्फबाट कक्षा १० की छात्रा निरकुमारी सारुले धन्यबाद मन्तब्य ब्यक्त गरेकी थिइन् ।



You might also like
Loading...