विद्यार्थीमा ज्वरो फैलिएपछि विद्यालय बन्द





चिसोले विद्यार्थी तथा शिक्षकसमेत विरामी परेपछि विद्याल बन्द गर्नुपरेको प्रधानाध्यापक कार्कीले बताए । कार्कीका अनुसार विद्यालयको आधारभूत तहका कक्षाहरु विद्यार्थी विरामी परेका कारण बुधबार नै खाली जस्तै भए ।

त्यस्तै माथिल्लो कक्षाका विद्यार्थी र शिक्षक समेत विरामी परेकाले विद्याथ व्यवस्थापन समितिसँग सल्लाह गरी २ दिन विद्यालय बन्द गरिएको हो ।

आइतबार विद्यार्थीको उपस्थितिलाई हेरेर थप निर्णय गर्ने प्रधानाध्यापक कार्कीले बताए । चिसो बढेसँगै स्वास्थ्य संस्थाहरुमा पनि बिरामीहरुको चाप बढेको छ ।

जिल्ला अस्पताल रामेछाप, प्राथमिक स्वास्थ्य केन्द्र मन्थली, मन्थलीमा रहेको सहकारी तथा निजी अस्पतालमा रुघाखोकी र ज्वरोका विरामी बढेका छन् ।

मौसम परिवर्तन र चिसोको कारण बिरामीको चाप केही बढेको जिल्ला अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. पुष्पराज अधिकारीले बताए ।




सम्बन्धित
Loading...