स्वरोजगार श्रमिकहरुलाई सामाजिक सुरक्षाकोषमा समेट्न माग

60












नवलपरासी (गैडाकोट) ।
गैंडाकोटका मजदुरहरुले सम्पूर्ण निर्माण तथा अनौपचारिक श्रमिक र स्वरोजगार श्रमिकहरुलाई सामाजिक सुरक्षाकोषमा सुचिकृत गरिनुपर्ने माग गरेका छन् ।
श्रमिकहरुलाई सामाजिक सुरक्षाकोषमा सुचिकृत लगायत मजदुरका पक्षमा काम गर्नुपर्ने भन्दै उनिहरुले गैंडाकोट नगरपालिकाका प्रमुखलाई ज्ञापनपत्र बुझाएका हुन् ।

यस्तै, उनीहरुले नेपाल सरकारबाट अनुमती प्राप्त सम्पुर्ण व्यवसायिहरुलाई सामाजिक सुरक्षाकोषमा सुचिकृत गरि उनिहरुसंग कामगर्ने सम्पुर्ण मजदुरहरुको नाममा सामाजिक सुरक्षा कोष कट्टा गर्ने व्यवस्थाको माग गरिएको छ ।
सरकारले लागु गरेको सामाजिक सुरक्षा भत्ताको कार्यक्रमको स्वागत गर्दै उनिहरुले यो सहित मजदुरको पक्षमा काम हुनुपर्ने नेपाल बिजुली, पेण्टर, प्लम्बर तथा निर्माण मजदुर युनियन क्युपेक गैंडाकोटका अध्यक्ष रमेश ढकालले बताए ।
ज्ञापनपत्र बुझ्दै गैंडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेलले मजदुरहरुले अघि सारेका माग जागज रहेको भन्दै यसलाई पुरागर्न आफुले मजदुरसंग छलफल र नीतिगत रुपमा सहयोग गर्ने प्रतिबद्धता जनाए ।




You might also like
Loading...