चट्याङ्ग बिद्यालयको पर्खाल उडायो

90







कावासोती । शुक्रबार भएको वर्षाले नवलपुर र आसपासका जिल्लाहरुको जनजिवन प्रभावित बनेको छ । वर्षा संगै चिसो बढ्ेकाले बजारको चहलपहलमा कमि आएको छ । मुलुकभर मौसम बदली हुनका साथै केही भू–भागमा वर्षा र हिमपातको भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यसैबिच शुक्रबार दिउसो वर्र्षा संगै परेको चट्याड.बाट कावासोती ३ अठ्ठाइस बिघाहाको जनबिकास बिद्याश्रम आधारभुत बिद्यायलको पर्खालमा क्षेती पुगेको छ ।
चट्याङ्गले बिद्यालयको पर्खाल भत्काउनुका साथै बिद्यालयका कम्प्युटर, पंखा, लगायतका बिद्युतिय सामाग्रीहरुमा क्षेती पुर्याएको बिद्यालयका प्रध्यानाध्यापक प्रेम प्रसाद न्यौपानेले जानकारी दिए ।
त्यस्तैगरी बिद्यालय आसपासमा रहेका अन्य घरहरुमा समेत क्षती पुगेको जनाईएको छ । चट्याङ्गका कारण बिद्युत् हाई भोल्टेजमा प्रवाह हुदा स्थानिय शान्ती कंडेलको घरमा रहेका ईन्भटर , फ्रीज , वासिङ्ग मशिन, टेलिभिजन लगायतका बिद्युतीय सामाग्री नष्ट भएको जनाईएको छ ।


You might also like
Loading...