देवचुलीमा पराल बोकेको ट्रकमा आगलागी

133







रजहर । पूर्वी नवलपरासीस्थित देवचुली नगरपालिकाको वडा नं ९ मिलनटोल स्थित मनकामना प्राथमिक बिध्यालय पछाडी पराल बोकेको ट्रकमा आगलागी भएको छ । शुक्रबार दिउँसोे पराल बोकेको ट्रक बिधुतिय तारमा छोईएर बिधुत शट भइ सो आगलागी भएको हो ।
देवचुली नगरपालिका १५ प्रगतिनगर निवासी दधिराम पाण्डेको लु १ ख ९१२६ नं को ट्रकमा आगजनी हुँदा करिब ७० हजार बराबरको पराल जलेर नष्ट भएको छ ।
आगो निभाउन भरतपुर महानगरपालिकाको दमकल, देवचुली नगरपालिकाको जेसिबी, सशस्त्र प्रहरी बल दलदले, अस्थाई प्रहरी पोष्ट दलदले र इलाका प्रहरी कार्यालय कावासोतीबाट सुरक्षा निकाय घटनास्थल पुगेको थियो ।
आगो नियन्त्रण हुन करिब ४५ मिनेट लागेको र कुनै भौतिक क्षति हुन नपाएको अस्थाई प्रहरी पोष्ट दलदलेले जानकारी दिएको छ ।


You might also like
Loading...