माघ १७ बाट नवलपुर महोत्सवः तयारी तीव्र





नवलपरासी । माघ १७ गतेबाट हुने नवलपुर महोत्सवको तयारी तिव्र पारिएको छ ।
माघ १७ गतेबाट कावासोतीमा शुरु हुने पाँचौ नवलपुर महोत्सवमा हेलिकप्टरमा चढेर समग्र नवलपुर जिल्लाको अवलोकन गर्न पाईने भएको छ । महोत्सवका विषयमा जानकारी दिन महोत्सवस्थलमा शुक्रबार गरिएको पत्रकार सम्मेलनमा आयोजक नवलप्ुर उद्योगा वाणिज्य संघका अध्यक्ष डासुराज पोखरेलले यस्तो जानकारी दिए ।
यस पटक महोत्सवको आकर्षणका रुपमा हेलिकप्टमा बसेर समग्र जिल्लाको अवलोकन गर्न पाईने अध्यक्ष पोखरेलको दावी छ । नवलपुर महोत्सवमा कृषि क्षेत्रलाई विशेष जोड दिइने भएको छ । कृषि उत्पादनको प्रदर्शन गरी अन्तर्राष्टिय बजारीकरण गर्ने समेत लक्ष्यसमेत आयोजकको छ ।
महोत्सवको तयारी पनि व्यापक बनाईएको अध्यक्ष पोखरेलले बताए । तयारी अनुसार महोत्सवस्थल प्रवेशद्वार निर्माणको काम सम्पन्न भएको छ भने स्टल निर्माण, पानिको व्यवस्थापन, हिमाल पहाड तराईको झल्को दिने आकृती निर्माणको काम धमाधम चलिरहेको छ ।
माघ १७ गते देखी २७ गते सम्म हुने महोत्सवमा स्थानीय उत्पादनको प्रर्वद्धन, कला, सस्कृतीको प्रर्वद्धन, नवलपुरका पर्यटकीय क्षेत्रको प्रर्वद्धनमा महत्वपुर्ण भुमिका खेल्ने आयोजकको विश्वास छ ।

यस्तै महोत्सव अवधिभर संचार माध्यमलाई समाचार तथा सूचना सम्पे्रसणमा सहयोग पुगोस भनेर पत्रकारकारहरुका लागि महोत्सवस्थलमा वाईफाई जोनको व्यबस्था गरिएको अध्यक्ष पोखरेलले बताए ।




समग्र जिल्लाको कला संस्कृतिको पहिचान झल्काउने गरि महोत्सव स्थलमा विभिन्न जातजातिका पुख्र्यौली घरहरु निमार्ण कार्य भैरहेको अध्यक्ष पोखरेलले बताए ।
महोत्सवमा यसपटक छिमेकी राष्ट्र भारतबाट पनि केहि व्यापारिक स्टल आउने आयोजकले बताएको छ । अध्यक्ष पोखरेलले महोत्सव अवधिभर समाचार र सुचना संकलन गरि महोत्सवलाई सफल पार्न जिल्लामा क्रियाशिल सबै सञ्चारमाध्यम र पत्रकारहरुलाई आग्रह गर्नुभएको छ ।
महोत्सवमा स्टल बुकिङको कर्य पनि अन्तिम चरणमा पुगेको छ । पुर्वपश्चिम राजमार्गको थकाली चोकबाट उत्तरतर्फ कावासोती नगरपालिका ३ राममन्दिर स्थित खुल्ला मैदानमा हुन लागेको महोत्सवमा स्टल बुकिङको कार्य अन्तिम चरणमा पुगेको स्टल संयोजक सागर पोखरेलले जानकारी दिए ।

२ सय ८० वटा स्टल रहने महोत्सवमा अब जम्मा ३६ वटा स्टल मात्रै बाँकी रहेको र १÷२ दिन भित्रै त्यो पनि बुकिङ भैसक्ने उहाले बताए । बुकिङ भएका मध्ये अधिकाँस हस्तकलाका स्टलहरु रहेको आयोजकले जनाएको छ ।
नवलपुर महोत्सव व्यापक बनाउन आयोजकको एक टोली गण्डकी प्रदेश र ५ नंबर प्रदेशका विभिन्न स्थानमा प्रचार प्रसारमा पुगेर फर्किएको छ । महोत्सवमा गण्डकी र ५ नंबर प्रदेशका विभिन्न स्थानहरुबाट व्यापारिक स्टलहरु आउने स्टल संयोजक पोखरेलको दावी छ ।
महोत्सव अवधिभर ७ करोड रुपैयाँको आर्थिक कारोवार गर्ने लक्ष्य लिएको आयोजकले ३ लाख ५० हजार बढी दर्शकहरुले महोत्सवको प्रत्यक्ष अवलोकन गर्ने अपेक्षा लिएको छ ।

यसैबिच, महोत्सव उद्घाटन गर्न उपप्रधानमन्त्रि एवंम रक्षा मन्त्रि ईश्वर पोखरेल आउने पक्का भएको छ । प्रतिनिधिसभा सदस्य तिलक महत र उद्योग वाण्ज्यि सँघ नवलपुरका अध्यक्ष डासुराज पोखरेलसहितको टोलीले भेट गरि निमन्त्रणा गरेपछि उपप्रधानमन्त्रि एवम् रक्षा मन्त्रि पोख्रेल आउने पक्का भएको अध्यक्ष पोखरेलले बताए ।
समापनका दिन उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छा आउने तय भएको उनले बताए ।




सम्बन्धित
Loading...