नेपाल माविको ४८ करोडको परियोजना


नवलपरासी । नेपाल सरकारको बजेट भाषणपछि शिक्षा बिभागबाट नमुना बिद्यालय विकास गुरुयोजनामा परेको देवचुली नगरपालिका १ अन्तर्गतको नेपाल माद्यामिक बिद्यालयले आफ्नो गुरुयोजना तयार पारेको छ ।
करिब ४८ करोडको लागतमा परियोजना तयार पार्न सकिने बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष तथा कार्यक्रमका सभापती कृष्ण बहादुर के.सि.ले जनाउनु भयो।
शुक्रबार बिद्यालय परिसरमा भएको नमुना बिद्यालय विकास योजना अन्तिमिकरण कार्यशालामा परियोजनाकोबारेमा प्राध्यानध्यापक शिबलाल देवकोटाले प्रस्तुति दिनुभएको थियो।
कार्यक्रममा सापकोटाले आगामी ५ बर्षको लागि नमुना बिद्यालय बन्न आवश्यक आधुनिक भवन,इलाइब्रेरी,कम्युटर ल्याब, साइन्स ल्याब, सुबिधायुक्त्त होस्टेल, सुरक्षागार्ड, प्रयाप्त खेलकुद मैदान लगायताका संरचना बन्नुपर्ने बताउनुभयो
हाल १२०० विद्यार्थी रहेको नेपाल मबिले अबको ५ बर्ष भित्र करिब २२०० विद्यार्थी र्पुयाउने लक्ष्य लिएको छ।
कार्यक्रममा बोल्दै देवचुली नगरपालिकाका नगर प्रमुख पुर्णकुमार श्रेष्ठले नमुना बिद्यालयको गुरुयोजनामा पर्नु नै नगरपालिकाको शैक्षिक विकासमा टेवा पुग्ने बताउनु भयो।
५ बर्षको समयावधिभित्र नमुना बिद्यालय बन्न नगरपालिकाले पुर्ण रुपमा सहयोग गर्ने समेत बताउनु भयो।
शैक्षिक क्षेत्रमा नगरपालिकालाई नमुना बनाउन नेपाल मबिलाई उल्लेखनीय सहयोग गर्ने प्रमुख प्रशासकीय अधिकृत नारायण सापकोटाले बताउनुभयो । आगामी नगर कार्यपालिकाको मिटिङमा समेत यो बिषयलाइ महत्त्वपूर्ण रुपमा छलफल गर्ने अधिकृत सापकोटाले उल्लेख गर्नुभयो ।
कार्यक्रममा उपप्रमुख पार्वता तिवारी, प्रमुख प्रशासकिय अधिकृत नारायण सापकोटा,वडा न १ ,२,३,४,५ का वडाध्यक्ष बडा सदस्य, बिद्यालय ब्यबस्थापन समिती लगायतको उपस्थिति रहेको थियो।
साथै नेपाल माध्यमिक बिद्यालयमा संचालित मेयर खाजा कार्यक्रम अन्तर्गत नगरप्रमुख पुर्णकुमार श्रेष्ठले अवलोकन तथा निरीक्षण समेत गर्नु भएको थियो।







सम्बन्धित
Loading...