बाराको प्रमुख जिल्ला अधिकारी चढेको गाडी दुर्घटना , शसस्त्रका एस पि बलराम पोख्रेलको ज्यान गयो


कर्मचारी मिलन केन्द्र बाराको पिक्निक कार्यक्रमबाट फर्किने क्रममा बाराकाे प्रमुख जिल्ला अधिकारी चढेकाेे गाडी दुर्घटनामा परेकाे छ ।




बाराको प्रमुख जिल्ला अधिकारी गणेशप्ररसाद भट्टराई चढेकाे गाडी दुर्घटना हुँदा शसस्त्रका एस पि बलराम पोख्रेलको ज्यान गएकाेे हाेे।

घटनाकाे विस्तृत विवरण अाउन बाँकी छ । दुर्घटनामा परि प्रमुख जिल्ला अधिकारी भट्टराई घाईते भएका छन् ।




दुर्घटनामा अन्य पनि घाईते भएका छन्।कर्मचारी मिलन केन्द्रको रात्री भोज सकाएर कलैया फर्कने क्रममा जितपुर सिमरा उपमाहानगरपालिका र निजगढ नगरपालिकाको बीचमा पर्ने पसाहा खोलाको बाटोमा रोकेर राखेको नम्वर नखुलेको ट्रेक्याटरको टेलरमा बा १ झ १६३३ नम्वरको प्रमुख जिल्ला अधिकारीको गाडि ठोक्किदा साे दुर्घटना भएकाे हाे ।

अधिकारीकाे उपचारको लागि विरगज नारायणी अस्पतालमा ल्याईएको छ ।

गाडिमा सवार सशस्त्र प्रहरी उपरिक्षक बलराम पोखरेलको घटनास्थल मै मृत्यु भएको छ ।
भने प्रहरी जवान शम्भु गुरुङ्ग र चालक जगत राउत सामान्य घााईते भएका छन ।




सम्बन्धित
Loading...